नदी किनारमा फेला परे कोभिड बिरामीहरूको दर्जनौँ शव !!

 कसरी ती शव नदी किनारमा पुगे भन्ने विवरण स्पष्ट भएको छैन, तर स्थानीय सञ्चारमाध्यमहरूले ती कोभिड बिरामीहरूको हुनसक्ने जनाएका छन्।

उत्तर भारतमा गङ्गा नदीको किनारमा कम्तीमा ४० वटा शव फेला परेको अधिकारीहरूले बताएका छन्।

भारतको उत्तर प्रदेश तथा बिहार राज्यको सिमानामा नदी किनारमा ती शव फेला परेको सोमवार जानकारी पाएको छ।


कतिपय सञ्चारमाध्यमले एक सय शवटा फेला परेको र तिनको अवस्था हेर्दा कैयौँ दिनदेखि ती नदीमा बगेको हुनसक्ने जनाएका छन्।

स्थानीय अधिकारी अशोक कुमारले स्थानीय बासिन्दाहरूसँग सोधपुछ गरेपछि  ती शव उत्तर प्रदेशबाट बगेर आएको हुनसक्ने बताए।

तिनलाई अब गाड्ने वा जलाउने उनले बताए। अधिकारीहरूका अनुसार ती शव फुलेका छन् अनि केही जलेका पनि छन्।

गङ्गा नदीको किनारमा शव जलाउने परम्पराअन्तर्गत ती त्यहाँ पुगेको हुनसक्ने एनडीटिभी च्यानलले उल्लेख गरेको छ।

स्थानीय बासिन्दा चन्द्रमोहनले निजी अस्पतालहरूले लुट मच्चाएको अनि अन्तिम संस्कारका खर्च बढेकाले मानिसहरू नदीमा शव फाल्न बाध्य भएको बताए।

भारतमा कोभिड-१९ का कारण दुई लाख ४२ हजारभन्दा धेरै मानिसको ज्यान गएको आधिकारिक विवरण छन्।

तर विज्ञहरू मृतकहरूको वास्तविक सङ्ख्या निकै धेरै हुनसक्ने ठान्छन्।

Post a Comment

Previous Post Next Post