सामाजिक सञ्जालमा नरहरि बुटी : कोरोनाभाइरसको औषधि भन्ने दाबी सही हाे ?

 नेपालमा कोरोना भाइरसको अझ घातक मानिएको दोस्रो लहर फैलिरहेको बेला सामाजिक सञ्जाल प्रयोगकर्ताले आयुर्वेदिक औषधि भन्दै उपचारसम्बन्धी विभिन्न सामग्रीहरू शेयर गरेका छन्|


तिनैमध्ये एउटामा आफू प्राकृतिक चिकित्साविद् भएको बताउने प्रेम गौतमले ‘नरहरि बुटी’ ले शरीरको प्रतिरोध क्षमता बढाउने दाबी गर्दै बोलेको भिडियो फेसबुकमा धेरैले शेयर गरेका छन् ।

उनीसँगै आफूलाई योगी नरहरिनाथको चेला भएको दाबी गरेका प्रेम कैदीले समेत उक्त बुटीको बारेमा फेसबुकमा भिडियोहरू राखेका छन् । एक अर्कालाई ट्याग गर्दै राखेका भिडियोमा उनीहरूले त्यो टिप्ने, खाने तरिकादेखि लिएर सङ्क्रमितहरूले आफूहरूलाई खबर गरेमा घरघरसम्म पुर्‍याइदिने बताएका छन् ।

गत वैशाख २९ गते फेसबुकमा पोष्ट गरिएको पोष्टलाई सोमवारसम्म चार हजार ३ सयभन्दा धेरैपटक सेयर गरिएको छ । एउटा भिडियो ७३ हजारभन्दा धेरैले फेसबुकमा हेरेका छन् भने त्यसलाई समेत २ हजारभन्दा धेरै सेयर गरिएको छ ।

सयभन्दा बढीको सङ्ख्यामा उनीहरूका अन्य केही भिडियोहरू समेत सेयर भएका छन् । उनीहरुले ती बुटी आफ्नै भाइ, सासु र दिदीलाई खुवाएको बताएका छन् ।

के भन्छन् ‌आयुर्वेदका चिकित्सक ?        

नरहरि बुटीले कोभिड रोग निको हुन्छ भन्ने आयुर्वेदका ग्रन्थमा कतै नभेटिने एकजना आयुर्वेद चिकित्सक प्रकाश ज्ञवाली बताउँछन् ।

साउथ एसिया चेकसँग उनले भने, ‘यसबारे अनुसन्धान भएको आधिकारिक प्रमाण छैन । कुनै व्यक्तिले प्रयोग गर्दै जाँदा राम्रो भएको हुनसक्छ तर आयुर्वेदमा यसको प्रयोग विधि नभएकाले हामीले प्रयोग गर्ने गरेको छैनौं ।’ कोभिड मात्र नभएर अन्य रोगका उपचारमा समेत यसलाई प्रयोग गर्ने नगरिएको ज्ञवालीको भनाइ छ ।

Post a Comment

Previous Post Next Post