कोरोना भाइरसको संक्रमण बढिरहेका कारण अस्ट्रेलिया फर्के ५ वर्ष जेल

वैशाख १९, २०७८

 स्वास्थ्यमन्त्री ग्रेग हन्टले मंगलबारदेखि लागू हुने नयाँ नियम अस्ट्रेलियाली र अन्य देशका नागरिकका लागि समान हुने बताएका छन् । क्रिकेटरसमेत फर्कन नपाउने !

अस्ट्रेलिया — अस्ट्रेलियाले भारतमा रहेका आफ्ना नागरिक स्वदेश फर्किएमा ५ वर्ष जेल सजाय र ६६ हजार अस्ट्रेलियन डलरसम्म जरिवाना गर्ने भएको छ । भारतमा कोरोना भाइरसको संक्रमण बढिरहेका कारण कम्तीमा १४ दिन भारतमा बसेको कुनै पनि व्यक्ति अस्ट्रेलिया आए उक्त सजाय गरिने अस्ट्रेलियाली स्वास्थ्यमन्त्री ग्रेग हन्टले बताएका छन् । 

यही मंगलबारदेखि सुरु हुने यो नयाँ नियम कोरोनाकै कारण लागू गरिएको विश्वकै कडा नियम भएको सञ्चारमाध्यमले जनाएका छन् । आजसम्म कुनै पनि रास्ट्रले आफ्ना नागरिक स्वदेश फर्किएमा जेल सजाय हुने वा जरिवाना हुने नियम लागू गरेका छैनन् । तर हन्टले उक्त नियम अस्थायी भएको र अस्ट्रेलियाली नागरिक वा अन्य देशका नागरिकलाई समान भएको बताए ।
सरकारले जैविक विविधतासम्बन्धी कानुनअन्तर्गत उक्त नियम परिमार्जन गरेको हो । अस्ट्रेलियाले केही दिनअघि नै भारतबाट आउने सबै यात्रुवाहक विमानलाई अस्ट्रेलिया प्रवेशमा प्रतिबन्ध लगाइसकेको छ । नयाँ नियम भारतमा बसेका र सिंगापुर वा दुबई हुँदै आउने अस्ट्रेलिया नागरिकलाई समेत लागू हुने जनाएको छ ।

Post a Comment

Previous Post Next Post