एक्कासी किन घट्यो १५० सिसी पल्सर बाइक को मूल्य यति धेरै ?

काठमाडौं । बजाज मोटरसाइकलको सबै भेरियन्टको मूल्य बढ्दा यस पटक एउटा भेरियन्टको मूल्य घटेको छ । बजाजको आधिकारीक विक्रेता हंशराज हुलास चन्द एण्ड कम्पनी प्रालिले विक्री गर्दै आएको पल्सर १५० को मूल्य घटाएको छ । नेपालमा विक्री हुने १५० सीसी सेग्मेन्टमा बजाज पल्सर १५० को हिस्सा करिब ५० प्रतिशत रहेको छ !










यस्तोमा कम्पनीले यसको मूल्य घटाएर बजारमा आफ्नो पकड अझै बलियो बनाउन चाहेको देखिन्छ । ‘अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य वृद्धि अनुसार नै यस वर्ष धेरै मूल्य बढाउनु पर्ने अवस्था आयो । यस्तोमा उत्पादक कम्पनीसँग नै पहल गरेर हामीले पल्सर १५० मा मूल्य घटाएका हौं’, कम्पनीको उच्च व्यवस्थापन स्रोतले मेरोअटोसँग भन्यो ।

हंसराज हुलासचंद बजाजले  बजाज पल्सर  150 ट्विन डिस्क नेपालमा ल्याएको छ, यसको मूल्य २.66 लाख छ (एक्स शोरूम)। बजाज पल्सर ट्विन डिस्क संस्करणले एमएम रियर डिस्क र ड्यूल-टोन पेंट स्कीम प्रदान गर्दछ

Post a Comment

Previous Post Next Post