बिहान ६ बजेदेखि काठमाडौं उपत्यकाभित्र निषेधाज्ञा, के-के चल्न पाउँछन्? उल्लंघन गरे के सजायँ हुन्छ ?

१६ वैशाख २०७८ बिहीबार  

कोरोनाभाइरस संक्रमण वृद्धि भएपछि आजदेखि काठमाडौं उपत्यकाभित्रका तीन जिल्लामा निषेधाज्ञा लगाइएको छ।

काठमाडौं, ललितपुर र भक्तपुरमा आज बिहान ६ बजेदेखि निषेधाज्ञा लगाइएको हो। यो निषेधाज्ञा वैशाख २२ गतेसम्म चल्नेछ। त्यसपछि पुन: एक साता निषेधाज्ञा गर्ने तयारी छ।





प्रहरीले अत्यावश्यक परेका तथा पास भएका मानिसहरूलाई मात्रै सडकमा आवतजावत गर्न दिएको छ।

मर्निङवाक गर्न गएका र मास्क नलगाएकालाई ठाउँठाउँमा बनाइएको होल्डिङ सेन्टरमा राखिएको छ। सडकमा कम सवारी साधन गुडेका छन्।

अत्यावश्यक सामग्री बोकेका ढुवानीका साधन, बिरामी तथा बढीमा दुई कुरुवा बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायका सवारीसाधन सञ्चालन गर्न पाइने छ ।

एम्बुलेन्स, खानेपानी, स्वास्थ्य, खाद्यान्न, तरकारी, फलफूल, दूध तथा दूग्धजन्य पदार्थ, कुरिअर एवम् डाँक सेवा, बैंक तथा वित्तीय संस्था, दूरसञ्चार, इन्टरनेट, क्वारेन्टिन, आइसोलेसन, फोहोरमैला व्यवस्थापनलगायत ढुवानी तथा यातायतका साधनमा सञ्चालन गर्न पाइने छ ।

पत्रकारहरुको हकमा सूचना विभागले जारी गरेको प्रेस पासका आधारमा आउ–जाउ गर्न दिइने छ ।




डिपार्टमेन्टल स्टोर, खाद्य सामग्रीका पसल, व्यवसाय बिहान १० बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म सन्चालन गर्न पाइने छ ।

उल्लंघन गरे के सजाय हुन्छ ?

निषेधाज्ञा उल्लंघन गरे कानुनबमोजिम कारबाही हुने छ । संक्रामक रोग ऐन, २०२० अनुसार आदेश पालना नगरेमा एक महिनासम्म कैद वा एक सय रुपैयाँसम्म जरिवाना अथवा दुवै सजाय हुनसक्छ ।

संक्रामक रोग ऐनमा काममा बाधा पु¥याउने व्यक्तिलाई ६ महिनासम्म कैद वा ६०० रुपैयाँ जरिवाना अथवा दुवै सजायको समेत व्यवस्था छ ।

यसैगरी स्थानीय प्रशासन ऐन, २०२८ अनुसार प्रशासनको आदेश उल्लंघन गर्ने व्यक्तिलाई प्रमुख जिल्ला अधिकारीले पाँच सय रुपैयाँसम्म जरिवाना वा एक महिनासम्म कैद वा दुवै सजाय दिन सक्ने अधिकारको व्यवस्था गरिएको छ ।




Post a Comment

Previous Post Next Post