निषेधाज्ञामा हवाई यात्रुले के गर्नुपर्छ ?

१६ वैशाख २०७८ बिहीबार 

 विदेशबाट आउनेले ७२ घण्टाभित्रको कोभिड–१९ नेगेटिभ भएको रिपोर्ट देखाउनुपर्ने र १० दिन क्वारेन्टाइनमा बस्नुपर्ने !!

नेपालबाट कुनै पनि विदेशीले सजिलै तेस्रो मुलुक जान पाउने छैनन् । भारतीय वा अन्य मुलुकबाट नेपाल आएकाले अर्को (तेस्रो) मुलुक प्रस्थानको अनुमति नपाउने अध्यागमन विभागका निर्देशक झकनाथ ढकालले बताए 

मन्त्रिपरिषद्ले सोमबार गरेको यो निर्णयअघि नै नेपाल आइसकेका विदेशी नागरिकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल वा स्थलमार्गबाट बाहिरिन चाहे सरकार र मातहतका निकायले रोक्न नपाउने उनले बताए 


कोरोना भाइरस संक्रमण नियन्त्रण गर्न सरकारले बिहीबारदेखि लागू हुने गरी जारी गरेको निषेधाज्ञाका बेला पनि आन्तरिक र अन्तर्राष्ट्रिय उडान हुने छन् । तर जहाज चढ्न र ओर्लिनेबित्तिकै गन्तव्यमा पुग्न भने सजिलो हुने छैन । आन्तरिक उडानतर्फ जहाजमा पहिले जस्तो फेस सिल्डसहित मास्क, सेनिटाइजर अनिवार्य गरिएको छ । प्रत्येक उडानपछि जहाज तथा ब्यागेजलाई निसंक्रमित गर्नुपर्ने छ । चेक–इन बोर्डिङ, ब्यागेज क्लेम, प्रतीक्षालायमा हुने भीडभाडमा रोक लगाइएको छ ।




भारतीय र चिनियाँबाहेक अन्य विदेशीलाई स्थलमार्गबाट नेपाल प्रवेशमा रोक लगाइएको छ । स्थलमार्गबाट नेपाल आउनुपर्ने भारतीय नागरिकले यात्रा गर्नुअघि स्वाब संकलन भएको ७२ घण्टाभित्रको कोभिड–१९ नेगेटिभ रिपोर्ट देखाउनुपर्नेछ । त्यस्तै १० दिन अनिवार्य होटल क्वारेन्टाइनमा बस्नुपर्ने छ ।

त्यस्तै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौं आउने अन्य विदेशी नागरिकले पनि यात्रा गर्नुअघि स्वाब संकलन भएको ७२ घण्टाभित्रको कोभिड–१९ नेगेटिभ रिपोर्टको प्रमाण पेस गर्नुपर्नेछ भने १० दिन अनिवार्य आफ्नै खर्चमा होटल क्वारेन्टाइनमा बस्नुपर्ने छ !



यसैबीच, काठमाडौंस्थित आन्तरिक उडानबाट आउजाउ गर्ने यात्रुका लागि नागरिक उड्डयन प्राधिकरणले साझा बस सञ्चालन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई सिफारिस गरेको छ । यस विषयमा साझसम्म कुनै निर्णय भइनसकेको प्राधिकरणले जनाएको छ ।

Post a Comment

Previous Post Next Post