नेपालमा सक्रिय संक्रमितको संख्या ३० हजार नाघ्यो, २४ घण्टामा ४ हजार ७७४ जनामा कोरोना पुष्टि !! १७ जनाको मृत्यु भएको छ !

१६ वैशाख २०७८ बिहीबार  

नेपालमा सक्रिय संक्रमितको संख्या ३० हजार नाघेको छ । हालसम्म सक्रिय संक्रमितको संख्या ३० हजार २०९ रहेको छ ।१७ जनाको मृत्यु भएको छ । 




२४ घण्टामा १३ हजार ८७९ पीसीआर परीक्षणबाट देशभर ४ हजार ७७४ जनामा संक्रमण पुष्टि भएको छ । त्यसैगरी ९५५ एन्टिजेन परीक्षणमा १२३ जनामा पोजिटिभ देखिएको छ । पीसीआर र एन्टिजेन गरी संक्रमितको संख्या ४ हजार ८९७ पुगेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या ३० हजार दुई सय नौ पुगेको छ । उनीहरूमध्ये २७ हजार आठ सय ४५ जना होम आइसोलेसनमा र दुई हजार तीन सय ६४ जना संस्थागत आइसोलेसनमा उपचाररत छन् । अहिलेसम्म तीन लाख १२ हजार ६ सय ९९ जना संक्रमित भइसकेका छन् । त्यसमध्ये दुई लाख ७९ हजार दुई सय ७९ जना निको भएका छन् । अहिलेसम्म मृत्यु हुनेको संख्या तीन हजार दुई सय ११ पुगेको छ । 





२४ घण्टामा ७७३ जना डिस्चार्ज भएका छन् । सोमबारदेखि बुधबारसम्म ४० हजार ९५१ पीसीआर परीक्षणमा १२ हजार ५८० मा संक्रमण पुष्टि भएको मन्त्रालयको तथ्यांकले देखाउँछ ।

२४ घण्टामा काठमाडौंमा १४६४, भक्तपुरमा २३२ र ललितपुरमा ३५१ गरी २०४७ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार ७७ वटै जिल्ला संक्रमणको चपेटामा परेका छन् । एकदेखि दुई सयसम्म संक्रमित रहेका ११ जिल्ला छन् । त्यस्तै, दुईदेखि चार सय संक्रमित भएका नौ जिल्ला छन् । बाँकी जिल्लामा संक्रमितको संख्या चार सय नाघेको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ । काठमाडौं उपत्यकाबाहेक मोरङ, पर्सा, चितवन, कास्की, दाङ, बाँके, रुपन्देही, सुर्खेत र कैलालीमा धेरै संक्रमण देखिएको छ ।


Post a Comment

Previous Post Next Post