२6 एप्रिल २०२१
नेपालमा कोभिड-१९ का कारण गत २४ घण्टाको समयावधिभित्र आइतवार हालसम्मकै दोस्रो धेरै व्यक्तिको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले गत २४ घण्टाभित्र २८ जनाको मृत्यु भएको जानकारी गराए।
"यो सङ्ख्या हालसम्मकै दोस्रो ठूलो उच्च हो। यसअघि गत कार्तिक १९ गते कोभिड-१९ का कारण ३० जनाको मृत्यु भएको थियो," मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले बीबीसी न्यूज नेपालीसित भने।
आइतवार कोभिड-१९ का कारण १४ जनाको मृत्यु भएको थियो भने २,६१९ जना नयाँ सङ्क्रमित फेला परेका थिए।
गत २४ घण्टाभित्र एन्टीजन र पीसीआर गरी १०,०७८ वटा परीक्षण गरिँदा ३,१२२ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ