पूर्वराजामा कोरोनाको लक्षण कम हुँदै गएको छ : नर्भिक अस्पताल

२६ एप्रिल २०२१

कोरोनाभाइरस सङ्क्रमण भएपछि नर्भिक अस्पताल भर्ना भएका पूर्वराजदम्पतीलाई अक्सिजन दिएर राखिएको अस्पतालले बताएको छ। पूर्वराजपरिवारका सदस्य उपचाररत नर्भिक अस्पतालका अनुसार उनीहरुमा कोरोनाका लक्षणहरु कम हुँदै गएको छ !

कोरोना संक्रमण पुष्टि भएपछि केही दिन होम आइसोलेसनमा बसेका पूर्वराजपरिवारका तीनै जना सदस्य शनिबार दिउँसो १ बजे अस्पताल भर्ना भएका थिए ।




"[शनिवार] ज्वरो र छाती दुख्ने समस्या देखिएको थियो। आज ज्वरो छैन र छाती दुख्ने समस्या पनि कम भएको छ। लक्षणहरू कम हुँदै गएको छ।

"बास्तोलाका अनुसार पूर्वराजा शाहकी छोरी प्रेरणा शाहलाई भने अक्सिजन दिनुपरेको छैन र उनको अवस्था आमाबुवाको जस्तो छैन।
उनका सहयोगी फणिराज पाठकका अनुसार चिकित्सकहरूको सल्लाहअनुसार पूर्वराजदम्पती र छोरी प्रेरणा शनिवार दिउँसो १ बजेदेखि अस्पताल भर्ना भएका हुन्। 
भारतमा कुम्भमेलामा सहभागी भएर फर्किएका पूर्वराजदम्पतीमा गत मङ्गलवार कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको थियो।


Post a Comment

Previous Post Next Post