सामसङका 'ए सिरिज' फोनहरू एड्भान्स क्यामरा तथा थुप्रै नयाँ फिचरका कारण प्रयोगकर्ताको रोजाइमा पर्दै आएको छ। यी फोन मध्ये ग्राहकको रोजाइमा पर्ने सामसङ ग्यालेक्सी ए–७२ पनि एक हो।
यो फोन हेर्दै राम्रो देखिन्छ। यसको आकार ठूलो छ। फोनको तौल २०३ ग्राम छ, तर पातलो पनि भएकाले बोक्न सजिलो छ।
ग्यालेक्सी ए–७२ चारवटा रङमा उपलब्ध छ। असम ब्लु, असम भायोलेट, असम ब्ल्याक र असम ह्वाइट। यसका सबै रङमा प्रयोग भएको स्मूथ म्याट टेक्स्टचरले फोन आकर्षक देखिन्छ।
यो फोनमा ६.७ इन्चको सुपर एमोलेड डिस्प्ले छ। सुपर एमोलेड डिस्प्लेले अन्य डिस्प्लेको तुलनामा कम पावर खपत गर्छ र पिक्चर क्वालिटी पनि स्पष्ट हुन्छ।
ग्यालेक्सी ए–७२ मा ९० हर्ज रिफ्रेस रेट छ।
ग्यालेक्सी ए–७२ मा चार वटा क्यामरा छ। ६४ मेगापिक्सलको मुख्य क्यामरा, १२ मेगापिक्सलको अल्ट्रा वाइड एंगल क्यामरा, ८ मेगापिक्सलको टेलिफोटो क्यामरा र ५ मेगापिक्सलको म्याक्रो क्यामरा यो फोनमा पाउन सकिन्छ।
यसको सेल्फी क्यामरा भने ३२ मेगापिक्सलको छ। सेल्फी खिच्नेहरूका लागि यो फोन राम्रो विकल्प हुन सक्छ।
यी फिचरसँगै ग्यालेक्सी ए–७२ मा ८ जिबी र्याम छ। त्यस्तै फोन १२८ र २५६ जिबीको इन्टरनल स्टोरेजमा पाइने भएकाले आफ्ना फोटा तथा भिडिओ फोनमा राखिराख्न पनि समस्या हुँदैन।
अझै स्टोरेज चाहिए, प्रयोगकर्ताले मेमोरी कार्ड हालेर एक टिबीसम्म बढाउन सक्छन्।
राम्रा फिचरका साथै फोनमा राम्रो ब्याट्री पावर छ। यसमा पाँच हजार एमएएचको ब्याट्री छ। कम्पनीले दावी गरेअनुसार यो फोन दिनभर चलाए पनि यसको ब्याट्री सकिँदैन। त्यसैले विशेषगरी यो फोन भिडिओ बनाउनेहरू र ब्लगरहरूका लागि उपयोगी हुन्छ।
सामसङले ग्यालेक्सी ए–७२ मा डस्ट र वाटर रेजिसटेन्ट फिचर पनि समावेश गरेको छ। यो फोन एक मिटर गहिराइ पानीमा आधा घन्टासम्म राख्दा पनि केही नहुने कम्पनीको दावी छ।
कम्पनीले १२८ जिबी स्टोरेजको ग्यालेक्सी ए–७२ फोनलाई ५१ हजार ९ सय ९९ रूपैयाँ तोकेको छ।
त्यस्तै २५६ जिबी स्टोरेज भएको फोनको मूल्य ५६ हजार ९ सय ९९ रूपैयाँ पर्छ।