२ जेठ २०७८, आइतबार
कोरोना सँग लडिरहेका सुर्खेत जिल्ला गुर्भाकोट वार्ड ७, मेहेलकुनाका सन्त बहादुर राजीले सनिबार आफ्नो फेसबुकमा पोस्ट गरेका छन ।
उनले आफ्नो स्टाटसमा आफुलाई निमोनिया भएको बताएका छन । उनले आफ्नो पोस्टमा थपेका छन भेन्टिलेटर चाह्यो भन्ने छ तर पाइएको छैन । सास त फेर्नै सकिन्न ।
बाँचिएछ छ भने अर्को पोस्ट गरौंला साथी भाइहरू। सन्त बहादुर सुर्खेत स्थित सुर्य ज्योति स्कुलका एकाउन्टेन्ट हुन ।उनी हाल काठमाडौ टिचिङ अस्पतालमा उपचार गराइरहेका छन । उनका आफन्तसंग गरेको टेलिफोन संवादमा उनलाई हाल अक्सिजन लगाएर राखिएको बताएका छन ।
Tags:
ब्लग