यिनै हुन जसले पेटमा हुर्केँदै गरेको आफ्नो सन्तानलाई जन्म दिन नपाउँदै सन्सार छोडिन् !


बाँकेमा कोरोनाको पहिलो लहर सुरु भएको २०७७ वैशाख १९ गतेदेखि चैत अन्तिमसम्म ५८ जनाको मृत्यु भएको थियो। कोरोनाको दोस्रो लहर सुरु भएपछि बाँकेका मात्र १ सय ६७ नागरिकको उपचारका क्रममा मृत्यु भएको फोकल पर्सन वलीले बताए।



यसै क्रममा पछिल्लो २४ घन्टामा कोरोनाको उपचार हुँदै आएको नेपालगञ्जस्थित भेरी अस्पतालमा तीन र शिक्षण अस्पताल कोहलपुरमा दुईजनाको मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।

भेरी अस्पताल नेपालगञ्जमा कोरोना भाइरस सङ्क्रमणका कारण ५ महिने गर्भवती दिपिका ठकुरीको मृत्यु भएको छ । ठाकुरबाबा नगरपालिका वडा नंं १ बर्दिया निवासी ३४ वर्षीया गर्भवती ठकुरीको आज बिहान मृत्यु भएको हो ।

कोरोना संक्रमण भएपछि उनि भेरी अस्पतालमा केहि दिन अघि भर्ना भएकी थिइन्, तर उनलाई उपचार गरेर बचाउन नसकिएको हो । उनका आफन्तले फेसबुकमा लेख्दै भनेका छन्, मलाई माफ गरिदेउ बैनि तिमी लाई बचाउन मैले हर सम्भव कोसिस गरेको हु तर सकिन । मैले मानवता को नाता ले गरे तर तिम्रो दाजु ले खान पिन भोक निद्रा सबै छोडेर लागे तर आज हामी असफल भयै । सलाम छ बैनि को दाजु अमर ज्यु लाई । नेपालगन्ज मेडिकल कलेजमा कोहलपुरमा फार्मेसी सुपरभाइजर दीपिकाको मृत्यु पछि अहिले सिङ्गो अस्पताल लगाएत कोहलपुर बजार सोकमा डुबेको छ ।

Post a Comment

Previous Post Next Post